पुस्तक समीक्षा
पुस्तकको
नामः—पाँचदिने अन्त्य पद्धति
२०७३ ।
प्रकाशक
ः—संस्कार सुधार
समाज, नेपाल काठमाडौं ।
प्रकाशन
मितिः—दोस्रो संस्करण २०७४
पद्धति
पाण्डुलिपिकारः— आ.पं.रmद्रप्रसाद आचार्य र
पारसमणि पोखरेल ।
सर्वाधिकारः—मूल कार्यसमिति संस्कार सुधार
समाज नेपाल ।
उपर्युक्त पुस्तक सरसर्ती
हेर्ने मौका मिल्यो
। प्रथमतः पाण्डुलिपिकार
र प्रकाशक संस्था
धन्यवादका पात्र हुनुहुन्छ ।
समाजको बहुसंख्यक पक्षले चाहेको
कुराहरु वहाँहरुले प्रस्तुत गरि
दिनुभएको छ ।
हुनत समाजमा परम्परादेखि
चलिआएको संस्कारलाई तुरुन्तै परिवर्तन
गर्न चाहेर पनि
हुन सक्दैन ।
त्यस्ता संस्कार एवं रीति
परम्पराहरm पुरै परिवर्तन
हुन एकदुई पुस्ता
नै परिवर्तन हुनु
पर्दछ । हिन्दू
संस्कारमा चलि आएको
अन्त्य पद्धतिमा लेखिएका प्रकृयाहरु
धेरै अव्यवहारिक र
कतिपय वाध्यतावस विश्वास
गर्नुपर्ने कुराहरु
समावेस भएका छन्
। यो पद्धति
धेरै लचिलो पनि
छ । यो
तेह्र दिनसम्मको प्रक्रिया
भएतापनि नवौ दिनमा
क्षत्रोपवास वसेर दशौं
दिनमा दश पिण्ड
सहित दशौं दिन
सम्मको सम्पूर्ण क्रियाकर्म एकै
दिनमा सकेर ढिकुरो
फुटाउन सकिने सम्मको लचिलो
उपाय पनि प्रचलित
अन्त्य पद्धतिमा नभएको होइन
तर अघिल्लो आठ
दिनसम्म निष्क्रिय बसेर पनि
क्रियाकर्मको प्रक्रिया नटुङ्गिएसम्म क्रियाकर्म
गर्नुपर्ने कर्तव्य भएको व्यक्तिले
छुटकारा पाउन सक्दैन
। यो त
केवल त्यस्तो क्रियाकर्म
गर्नुपर्ने कर्तब्य भएको व्यक्ति
तत्काल उपस्थित हुन नसकेको
परिस्थितिमा मात्र लागू हुने
सामाजिक मान्यता हो ।
यस्तै अगाडि (पहिलो
दिनदेखि आठौं दिनसम्म)
गर्नुपर्ने काम नवौं
र दशौं दिनमा
गर्न हुन्छ भने
तेह्र दिन लगाएर
गर्ने काम पाचै
दिनमा गर्न किन
नहुने भन्ने प्रश्न
पनि नआउने होइन
। तर यसमा
एउटा जटिल प्रश्न
पनि छ, मृत्यु
संस्कार अन्तर्गत गरिने कुराहरु
प्रक्रियागत क्रियाकर्मले मात्र शुद्ध हुने
हो कि ? दिनले
पनि शुद्ध हुने
हो ? भन्नेहरुको पनि
आफ्नै तर्क होला
। तर यसो
भन्दैमा संस्कारजन्य क्रियाकर्म नगरिकन
तेह्र दिन पूरा
हुदैमा शुद्ध मानिन्छ त
? त्यो पनि कदापि
होइन । किनभने
कुनै व्यक्तिको मृत्यु
भयो, एउटा छोरा
विदेशमा छ, बाबु
आमाको मृत्यु भएको
थाहा पाउन सकेन
भने उसले जहिले
घरमा आए पनि
घर आएपछि तेह्र
दिनसम्म पुन कोरामा
बसेर कर्म पूरा
गर्नुपर्ने किन ? उ दिनले
शुद्ध त भएन
क्रियाकर्म नै पूरा
गर्नुपर्ने पनि रहेछ
। हिन्दू अन्त्य
पद्धतिकमा यस्ता तर्क वितर्कहरु
गर्ने ठाउँ धेरै
छन् ।
मानिसको मृत्यु भएपछि
शोकमा डुबेको परिवारले
कसरी शोकबाट मुक्ति
हुने, मृतक प्रतिको
श्रद्धालाई कसरी व्यक्त
गर्ने, मृतकका आफन्त, साथीभाइहरmले शोकाकुल
परिवारप्रति शोक व्यक्त
गर्ने समय, मृतक
व्यक्तिको आत्माले शान्ति पावस्,
आत्मा नभड्कियोस् भन्ने
अभिप्रायले गरिने विभन्न प्रकारका
श्राद्धहरु, पिण्ड दानहरु, तर्पणहरु,
दान प्रदानहरु गरेर
सन्ततीले आत्म सन्तोष
लिउन् भन्ने अभिप्रायले
हाम्रा पूर्वज ऋषि मुनिहरmले अन्त्य
पद्धतिको निर्माण गरेका हुन्
। मानिसको मृत्यु
भएपछि पार्थिव शरीर
पञ्चतत्वमा मिल्न जान्छ भने
आत्माले परमात्मासंग मेल नभएसम्म
विभिन्न प्रकारका दुःख, कष्टहरु
भोग गर्दै, बिभिन्न
बाधा अवरोधहरु पार
गर्दै जानुपर्छ ।
दिवङ्गत आत्माले त्यस्ता वाधा
अवरोधहरु सजिलोसित पार गर्न
सकुन भन्ने मान्यतालाई
अगाडि सार्दै अन्त्य
पद्धतिका क्रियाकर्मको औचिदत्यलाई पुष्टि गर्न
खोजिएको छ ।
गैर सरकारी
संस्थाहरु, धार्मिक संघ संस्थाहरु
एवं समाज सुधारका
क्षेत्रमा चाख राख्ने
विद्वानहरmले प्रचलित
संस्कारहरmलाई परिमार्जन
गर्न अथवा समय
सापेक्ष व्यवहारिक बनाउन पहल
गर्नु भनेको समाजको
आवश्यकता र माग
हो भन्ने कुरा
सरकारले पनि बुझ्न
जरुरी छ । हाम्रा संस्कारहरmलाई
समाजको माग अनुसार
अद्यावधिक गर्दै जान सरकारी
निकायबाट नै समाजका
सम्बन्धित क्षेत्रका विशेषज्ञ एवं
पेशागत संघ संस्था
तथा विज्ञहरुवाट राय
सुझव लिएर संस्कार
सुधारको पक्षमा यस प्रकारका
दस्तावेजहरm तयार गरी
नीतिगत रुपमा समाज समक्ष
ल्याउन सके आम
नागरिकमा बढि विश्वसनीयता
हुने र कार्यान्वयन
पक्ष बढि प्रभावकारी
हुने थियो ।
प्रचलित हिन्दू अन्त्य
पद्धतिमा पनि समय,
परिस्थिति एवं भौगोलिक
स्थान विशेष अनुसार
फरक फरक ढंगबाट
प्रयोग हुदै आएको
छ भने कतिपय
अव्यवहारिक कुराहरुलाई पद्धति अनुसार
भन्दा व्यववहारमा सरलीकरण
गरेर प्रयोगमा नल्याएको
होइन । गाई
दान गर्ने कुरामै
भनौ बैतरणी दान,
कपिला दान, मोक्षधेनु
दान, गृह शुद्ध
गर्ने गौदान, बृषोत्सर्ग
साडे, साडी बनाएर
छाड्ने जस्ता कुराहरm परिवर्तन
भैसकेका छन् ।
गाईको सट्ट नगद
निग्रह गर्ने चलनले मान्यता
पाइसकेको छ, वर्षदिनसम्म
सेतो कपडा लगाएर
चोखो नितो गरेर
मासिक श्राद्धहरु गरेर
एकै स्थानमा बस्नुपर्ने,
खाटमा सुत्न नहुने
जस्ता धेरै कुराहरु
परिवर्तन भैसकेका छन् ।
तेह्र दिनमा नै
बर्षदिनसम्मको वर्षी फुकाउने, मासिक
खिच्ने लगाएतका कामहरु त
व्यवहारमा छोटिइसकेका छन् ।
त्यसैले पद्धतिमा लेखिएका प्रक्रियाका
कुराहरुलाई समेटेर तेह्र दिनको
कामलाई छोटयाउनु आजको अनिवार्य
आवश्यकता एवं समाजको
माग हो ।
यो पुस्तक
प्रकाशक संस्था संस्कार सुधार
समाज, नेपाल, जिल्ला
प्रशासन कार्यालय काठमाडौमा मिति
२७२।५।९ मा दर्ता
भएको र समाज
कल्याण परिषद्मा मिति २०७२।६।१३
मा दर्ता नं.
४२१९२ बाट अवद्धता
प्राप्त गरेको एउटा गैर
सरकारी संस्था हो ।
अनुसूची सहित कुल
१७४ पृष्ठको यस
पुस्तकको प्रारम्भिक खण्डमा राष्ट्रकवि
माधवप्रसाद घिमिरे, नेपाल संस्कृत
विश्वविद्यालयका पूर्व उपकुलपति विद्यावाचस्पति
विद्वच्चक्रचूडामणि आचार्य पूर्णचन्द्र उपाध्याय
ढुङ्गेल, नेपाल आर्य समाजका
अध्यक्ष श्री कमलाकान्त
आत्रेय (पोखरेल), वैदिक सनातन
कर्मकाण्ड महासङ्घ नेपालका वरिष्ठ
उपाध्यक्ष श्री रामचन्द्र
भण्डारी, त्रिभूवन विश्वविद्यालय नेपाली,
इतिहास तथा पुरातत्व
विभागकी विभागीय प्रमुख प्रा.
डा. विणा पौड्याल
लगायतले पाँचदिने अन्त्य पद्धतिको
पक्षमा आ—आफ्ना सकारात्मक धारणा
सहित शुभकामना व्यक्त
गर्नु भएको छ
। विषय सूची
पछि पुस्तकको पहिलो
खण्डमा बाह्रदिनसम्म गरिने अन्त्य पद्धतिका
क्रियाकर्महरmलाई दिन
दिनको काम छुट्याएर
पाँच दिनमा सम्पन्न
गर्ने गरी विधि
र प्रक्रिया नछोट्याई
दिनमात्र छोट्याइएको छ । पुस्तकको दोस्रो खण्डमा
१ देखि ९
सम्मका अनुसूचीहरु प्रस्तुत छ
। अनुसूची १
मा अन्त्यपद्धतिका क्रियाकर्म
पाँच दिनमा सम्पन्न
गर्नु पर्नाको औचित्य,
शास्त्रीय आधारहरm र चरणगत
प्रक्रियाका वारेमा सात चरणहरु
समावेस गरिएको छ । पहिलो चरणमा शास्त्रमा
उल्लेख गरिएका आशौच सम्बन्धी
शास्त्रीय प्रमाणहरु समावेस गरिएको
छ भने दोस्रो
चरणमा तीन दिनमा
दश पिण्ड कसरी
दिने भन्ने सम्बन्धमा
निर्णयसिन्धु र धर्मसिन्धुमा
उल्लिखित प्रमाणहरुबाट पुष्ट्याई गरिएको छ
। त्यस्तै तेस्रो
चरणमा कर्ताद्वारा प्रेत
मोक्ष र पितृ
मिलनका कर्म क्रमश
चौथो र पाँचौ
दिनमा सम्पन्न गर्ने
सम्बन्धमा धर्मसिन्धु पृ. ७४७
र ७५५ उल्लिखित
प्रक्रिहरुलाई उद्धरण गरि पुष्ट्याई
गरिएको छ ।
चौथो चरणमा मृत्यु
संस्कारका कुनैपनि कर्मविधिलाई कटौती
नगरी १२ दिनका
काम पाँच दिनमा
सम्पन्न गराउँदा हुने सहजता
एवं उपलब्धी के
कस्ता छन् र
के का लागि
घटाउने ? भन्ने सम्बन्धमा पुष्ट्याई
सहितको विवेचना गरिएको छ
। पाँचौ चरणमा
शास्त्रीय प्रमाणमा नै समानता
र भिन्नता रहेका
केही उदाहरणहरm तर्क
सिहत प्रस्तुत गरिएको
छ । षोडशी
श्राद्ध, वर्षदिनसम्म प्रत्येक महिना
गर्नुपर्ने मासिक श्राद्धहरु ११
दिनमा नै मासिक
खिच्ने काम सम्पन्न
गर्नु, आठौं दिनमा
क्षत्रोपवास वसेर ९
र १० दिनमा
१० वटै पिण्ड
दानको कर्म गर्नु
भनेको पनि क्रिया
कर्म छोट्याउने काम
नै भएको होइन
र ? भनि तर्क
पेश गरिएको छ
।
छैटौं चरणमा तीन
दिनसम्म र त्यस
पछिका दुइदिनमा मूलमुत
रुपमा गरिनुपर्ने कर्महरुको
बारेमा उल्लेख गरिएको छ
। त्यस्तै छ
देखि १३ दिनसम्म
गर्न सकिने स्वच्छिक
कर्महरु तथा मासिक
र वार्षिक कर्महरुको
बारेमा, स्वैच्छिक रुपमा गर्न
सकिने दान प्रदान
र सदाचारका बारेमा
उल्लेख भएको छ
। सातौं चरणमा
यस पाँच दिने
क्रिया कर्ममा वन्धुवान्धव लगायत
नाता गोतामा शोक
सुतक कति दिन
लाग्छ ? कति दिन
वार्ने, मृतकको घरमा मानोचामल,
भेटी, बिचार लैजाने
विषयमा, गरुण पुराण
भन्ने विषयमा र
जन्म सुतकका कर्महरुको
बारेमा उल्लेख गरिएको छ
। गरुण पुराणमा
धेरै अन्धविश्वास र
भ्रम उत्पन्न गर्ने
खालका कुराहरु भएकोले
१६ औं अध्याय
मात्र पारायण र
कथा भन्न उपयुक्त
हुने सुझाव प्रस्तुत
गरिएको छ ।
अनुसूची २ देखि
९ सम्ममा विभिन्न
बिबरण तथा पाँचदिने
अत्न्यपद्धतिका विषयमा पत्र पत्रिकाहरmमा प्रकाशित
लेखहरm र संस्था
दर्ता प्रमाणपत्रहरm समावेस
छ ।
यो पाँचदिने
पद्धति तयार गर्न
विद्वत् वर्गले गरेको परिश्रम
सह्राहनीय छ ।
पारस्करगृह््यसूत्र, धर्मसिन्धु, निर्णयसिन्धु मनुस्मृति,
विभिन्न ऋषि महर्षिहरmको आशौच
सम्बन्धी मत लगायत
हिन्दू संहिताहरmमा उल्लिखित
प्रमाणहरmलाई आधार
लिएर तयार गरिएको
यसपाँच दिने अन्त्य
पद्धतिमा तेह्र दिनसम्म गर्नुपर्ने
क्रियाकर्महरmलाई समेट्ने
प्रयास गरिएको छ । संस्कारहरm शास्त्र सम्मत्
हुनको साथै व्यवहारिक
पनि हुनु पर्दछ
। अव्यवहारिक संस्कार
समाजमा लागू हुन
सक्दैन र त्यसले
अझ विक्रितिको रुप
लिन्छ । यस
पुस्तकमा समेटिएका पद्धतिका प्रक्रियागत
कुराहरmलाई अझ
सजिलोसंग समेटी सात दिनमा
पूरा गर्नेगरी बनाउन
अझ बढि व्यवहारिक
होला कि जस्तो
लाग्छ । किनकि
अहिलेको नेपाली समाजमा परिस्थिति
र वाध्यतावस धेरैका
बाबुआमा र छोराछोरी
संगै बसेको अवस्था
छैन । कसैका
बैदेशिक त कसैका
स्वदेशमा नै रोगजारिको
लागि घर छोडेर
गएका हुन्छन् ।
सबै ठाउँबाट बाबु
आमाको निधन भएकै
दिन सूचना पाएर
उनीहरु आइपुग्नसक्ने अवस्था रहदैन, पहिलो
दिन क्षत्रोपवास वस्न
नसकेको अवस्थामा दोस्रो दिन
क्षत्रोपवास वसेर तेस्रो
दिनमात्र ढिकुरो खडा गरी
पिण्ड दिनसक्ने अवस्था
कुनै कुनै वेला
त कठिन नै
हुन्छ । तर
प्रस्तुत पुस्तकमा उल्लिखित पद्धति
अनुसार पहिलो दिनमा नै
दाह संस्कार अन्तेष्ठी
क्रिया, क्षेत्रोपवास, ढिकुरो निर्माण र
प्रथम पिण्ड दिने
सम्मको काम गर्नुपर्ने
गरी लेखिएको छ
। यो कुरा
धेरै अवस्थामा ब्यवहारिक
देखिदैन । त्यस्तै
तेह्रौ दिनमा गरिने शुद्ध
शान्तिको कामलाई दिन गणनामा
राखेको देखिएन । बाह्रौ
दिनमा गरिने सपिण्डी
श्राद्ध पितृकार्य र तेह्रौ
दिनमा शुद्ध शान्तिको
लागि गरिने यज्ञ,
आहुती, होमलाई समेत समावेस
गरीे यस पद्धतिलाई
अझ बढी व्यवहारिक
बनाउन तल दिइएको
तुलनात्मक तालिका अनुसार समीक्षकको
राय सुझाव रहेको
छ ।
यस पाँचदिने
पद्धतिको
पुस्तक
अनुसार
प्रत्येक
दिन
गरिने
क्रियकर्महरुः—
पहिलो
दिनः—
·
दाहा
संस्कारदेखि चितास्थानमा दिइने पिण्ड
दानका कर्म विधिहरु
।
·
ढिकुरो
उठाउने देखि पहिलो
पिण्डदान सम्मको कार्य ।
·
सायंकालमा
बत्ती बाल्ने ।
दोस्रो दिनः—
·
दोस्रोदेखि
पाँचौ पिण्डदानका क्रियाकर्महरु
।
·
अस्थी
संचय श्राद्ध ।
तेस्रो दिनः—
·
छैटौं
पिण्डदेखि दशौं पिण्डदान
सम्मका क्रिया कर्महरु ।
·
ढिकुरो
फुटाउने कर्म ।
·
पाथेय
श्राद्ध ।
चौथो दिनः—
·
आद्य
मासिक श्राद्धका कर्मविधिहरु
।
·
अद्याब्दिक
मासिक श्राद्धका कर्मविधिहरु
।
·
घट
श्राद्ध (कुम्भ दान) का
कर्मविधिहरु ।
·
उत्तम
षोडशी श्राद्ध ।
·
उनमासिकादि
पंचदश श्राद्धका कर्मविधिहरु
पाँचौ दिनः—
·
सपिण्डीकरण
(पितृ मिलन) कार्यका
कर्मविधिहरु ।
·
उत्तर
पाथेय श्राद्धका कर्मविधिहरु
।
·
शुद्धि,
शान्ति यज्ञ, होम, दान
प्रदान ।
·
प्रसाद
वितरण, समाप्ती ।
समीक्षकको राय
अनुसार
सात
दिनमा
सम्पन्न
गर्न
सकिने
क्रियाकर्महरु
पहिलो दिनः—
·
दाहासंस्कारदेखि
चितास्थानमा दिइने पिण्ड दानका
कर्म विधिहरु ।
·
क्रियाकर्म
गर्ने व्यक्तिको तयारी,
कपाल खौरने, क्रियाकर्म
गर्ने स्थानको तयारी,
क्रियाकर्म गर्न आवश्यक
पर्ने सामग्रीको व्यवस्था
।
·
क्रियाकर्म
गर्ने व्यक्ति सुत्ने
बस्ने स्थान र
बेलुकी बत्ती बाल्ने र
शायंकाल गर्ने व्यवस्था ।
·
क्रियाकर्म
गर्न बसेका व्यक्तिलाई
शुद्ध सात्वीक खानाको
व्यवस्था ।
·
परिस्थिति
अनुकुल रहेको अवस्थामा क्षत्रोपवास
ङ्क
दोस्रो दिनः—
·
क्षत्रोपवास
वस्ने ।(पहिलो
दिन क्षत्रोपवास वस्न
नसकेको अवस्थामा)
·
साँझमा
सायंकाल गर्ने, बत्ती बाल्ने
।
पुनश्चः
पहिलो दिन क्षत्रोपवास बस्ने अनुकुल
परिस्थिति रहेकोमा दोस्रोेदिन पहिलो
पिण्ड तेस्रो दिन
दोस्रोदेखि पाँचौ पिण्ड र
चौथो दिन छैटौंंदेखि
दशौं पिण्डसम्मको क्रियाकर्म
।
तेस्रो दिनः—
·
क्रियाकर्म
गर्ने स्थानको लागि
आवश्यक पर्ने सामग्री संकलन
।
·
ढिकुरो
निर्माण ।
·
पहिलोदेखि
पाँचौ पिण्डदान सम्मको
प्रक्रिया पूरागर्ने ।
·
अस्थीसंचय
श्राद्ध ।
चौथो दिनः—
·
छैटौदेखि
दशौ पिण्डदान सम्मको
क्रियाकर्म ।
·
पाथेय
श्राद्ध ।
·
ढिकुरो
फुटाउने क्रियाकर्म ।
·
गाई
ब्राम्हण छुने क्रियाकर्म
।
पाँचौ दिनः— एघारौ दिनमा गरिने
कर्मविधिहरु
·
आद्य
मासिक श्राद्धका कर्मविधिहरु
।
·
अद्याब्दिक
मासिक श्राद्धका कर्मविधिहरु
।
·
घट
श्राद्ध (कुम्भ दान) का
कर्मविधिहरु ।
·
उत्तम
षोडशी श्राद्ध ।
·
उनमासिकादि
पंचदश श्राद्धका कर्मविधिहरु
।
छैटौ दिनः—
·
उत्तर
पाथेय श्राद्धका कर्मविधिहरु
।
·
सपिण्डीकरण
(पितृ मिलन) कार्यका
कर्मविधिहरु ।
सातौं दिनः—
·
शुद्ध
शान्तिको लागि यज्ञ,
होम लगायतका देबकार्य
।
·
दान
प्रदान सम्बन्धी कार्य ।
·
प्रसाद
बितरण ।
समाप्ती
समीक्षक
ईश्वरी प्रसाद घिमिरे Email: ghimireishwari@gmail.com